SHARE
कर्पोरेट समाचार · मङगलबार २३ असार २०८३ १२:४६ AM · 1 मिनेट पढाइ

बर्डफ्लुबाट प्रभावित ११ जिल्लाका किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार