अर्थ मन्त्रालयका दुई विभागमा नयाँ महानिर्देशक, भन्सारमा यमलाल र आन्तरिक राजश्वमा भीष्मकुमार
काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतका दुई प्रमुख राजस्व सङ्कलन गर्ने विभागमा नयाँ महानिर्देशक पठाइएका छन् । मन्त्रिपरिषद्को हालैको निर्णयपछि अर्थ मन्त्रालयमा सरुवा भएका सहसचिवलाई भन्सार विभाग र आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो । अर्थ मन्त्रालयले सहसचिव यमलाल भुसाललाई भन्सार विभागको महानिर्देशक जिम्मेवारी दिएको छ । यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ । त्यसै गरी, प्रेमप्रसाद आचार्यलाई भन्सार विभागको उप-महानिर्देशक नियुक्त गरिएको छ ।
