नेपाल सरकार र एडीबीबीच १६५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आइतबार आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाको उपस्थितिमा दुईवटा ऋण सम्झौतामा हस्ताक्षर गरिएको हो।
