SHARE
Samata Press · सोमबार २२ असार २०८३ ०७:०६ PM · 1 मिनेट पढाइ

मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति

काठमाडौँ । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नुपरेको छैन । असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्वतयारी सहितको उपस्थितिले  पुष्टि गरेको बताइएको छ ।