अर्थमन्त्री वाग्ले र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा दुईबीच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि एडीबी अध्यक्ष कान्डालाई धन्यवाद दिएको उनको निजी सचिवालयले जनाएको छ।
