वर्षौँको प्रतीक्षा पछि धनुषाका ३२८ परिवारले पाए लालपुर्जा
धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ र ६ का ३२८ परिवारले वर्षौँदेखि भोगचलन गर्दै आएको गाउँब्लक जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। नापी कार्यालय धनुषाले आइतबार लालपुर्जा वितरण गरेपछि लाभग्राहीहरूमा उत्साह छाएको छ। लालपुर्जा पाएसँगै अब बैंकबाट ऋण लिन, जग्गाको स्वामित्व हस्तान्तरण गर्न तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न सहज हुने लाभग्राहीहरूको विश्वास छ।
