ऋण असुलीबाट शिव शिखरका थप २४८ बचतकर्ताले पाए बचत फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित शिव शिखर सहकारीका थप २४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ। समितिका अनुसार यससँगै हालसम्म शिव शिखर सहकारीका कुल ११ सय १७ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्। समितिले पहिलो चरणमा न्यून बचत रकम भएका बचतकर्तालाई प्राथमिकताका साथ रकम फिर्ता गरिएको जनाएको छ।
