स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा ९६ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिइन्।
