युवा सशक्तीकरण, सीप र उद्यमशीलता सरकारको प्राथमिकतामा : श्रममन्त्री यादव
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवा सशक्तीकरण, सीप विकास, उद्यमशीलता र रोजगारीसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। सोमबार राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै आन्तरिक रोजगारी वृद्धि गर्ने नीति सरकारले अवलम्बन गरेको स्पष्ट पारेका हुन्।
