‘प्रधानमन्त्रीजी खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन’
सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको छ। कसैले पनि सय दिनमै चमत्कार गर्छ भन्ने अपेक्षा गरेको हुँदैन । तर सय दिनले सरकारको सोच, प्राथमिकता, कार्यशैली, लोकतन्त्रप्रतिको दृष्टिकोण र देशलाई कुन दिशामा लैजान खोजिरहेको छ भन्ने चित्र भने देखाउँछ ।
