बाढी–पहिरोको पूर्वतयारीबारे संसद्मा जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण, विपद् व्यवस्थापन तथा पूर्वतयारीका लागि सरकारले गरेका कामकारबाहीबारे संसद्लाई जानकारी गराउन निर्देशन दिए।
