म्युनिखमा जुटे नेपाली विज्ञ र उद्यमी, नेपालको विकासमा डायस्पोराको भूमिका बढाउनेमा जोड
काठमाडौं । जर्मनीको म्युनिखमा दोस्रो ‘नेपाली रूट्स समिट–२०२६’ सम्पन्न भएको छ। जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न क्षेत्रका पेशाकर्मीलाई एउटै सञ्जालमा आबद्ध गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले समिट आयोजना गरिएको हो। नेपाली रूट्सद्वारा आयोजित समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपालीको सहभागिता रहेको थियो।
