कर्णाली दुर्घटना राज्यको चरम बेवास्ताको परिणाम : प्रमुख सचेतक थापा
काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णालीमा भएको बस दुर्घटनालाई राज्यको चरम बेवास्ता र कर्णालीमाथिको खेलवाडको परिणाम भएको बताएकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले कर्णाली दुर्घटनाले सिंगो कर्णाली र देशलाई रुवाएको भएपनि यति लामो समय बितिसक्दा समेत राज्य संयन्त्रबाट घटनाको सम्पूर्ण विवरण र यथार्थ सार्वजनिक हुन नसक्नु अत्यन्तै दुःखद भएको बताइन्। उनले कर्णालीमा हुने यस्ता दुर्घटना नयाँ नभएको उल्लेख गर्दै त्यहाँका सडकहरू अहिले सडकभन्दा पनि ‘मृत्यु मार्ग’ जस्ता बनेको टिप्पणी गरिन्। ‘कर्णालीको सडकमा दिनहुँजसो रगत बगिरहेको छ । ती सडक आज सडक रहेनन्, मृत्यु मार्गजस्ता देखिएका छन्।
