‘माथिको आदेश’ भन्दै भारतीय गाडीलाई ठोरी प्रवेशमा रोक, पर्यटन ठप्प
पर्सा। पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ। नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत तर्फबाट आएका चार पाङ्ग्रे सवारीसाधनलाई भारततर्फनै फर्काइदिएको छ। ठोरी मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुँदै गरेको नयाँ गन्तव्य हो।
