भदौ ९ देखि हुने नाडा अटो शोका लागि स्टल बाँडफाँट टुंगियो
काठमाडौं। आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ मा सहभागी हुने कम्पनीहरूका लागि स्टल बाँडफाँटको गोला प्रथा सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आइतबार आफ्नो केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी प्रदर्शनीमा सहभागी कम्पनीहरूलाई स्टल उपलब्ध गराएको हो।
