सावाखोलामा ३ करोडबढी लागतमा बनेको पक्की पुल सञ्चालनमा
खोटाङ । खोटाङको सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँ लागतमा मोटरकारसहित सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। सङ्घीय सरकारको समपूरक अनुदानमा निर्माण गरिएको पुल शनिबारदेखि औपचारिक रूपमा सवारीसाधन सञ्चालनका लागि खुला गरिएको हो।
