सुनचाँदीको भाउ सामान्य घट्यो, तोलाको कति ?
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० र चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदी चार हजार ६०५ रुपैयाँ कायम भएको छ।
