१८ जिल्लाका ५८ स्थानीय तहमा बीउ उत्पादन कार्यक्रम सञ्चालन
काठमाडौं । कृषि विभागले गुणस्तरीय बीउमा किसानको पहुँच बढाउने उद्देश्यले १८ जिल्लाका ५८ स्थानीय तहमा स्रोत बीउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत उन्नत बीउ उत्पादन र वितरणलाई प्रोत्साहन गरिने विभागले जनाएको छ।
