विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित
काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो । यद्यपि उक्त पारित विधेयकमा प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले फरक मत राखेका छन् ।
