SHARE
मकालु खबर · बिहीबार ५ भौ २०८२ ०१:२८ PM · 1 मिनेट पढाइ

एनआईसी एसिया बैंकका ग्राहकहरूलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कैलाली हस्पिटल प्रा।लि। र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले धनगढी, कैलालीमा रहेको कैलाली हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।