SHARE
Samata Press · आइबार​ २१ असार २०८३ १२:१२ AM · 1 मिनेट पढाइ

नीतिगत सुधारदेखि किसानको हातमा राहतसम्म: मन्त्री गीता चौधरीको १०० दिने उत्साहजनक कार्य प्रगति

काठमाडौँ । नयाँ सरकार गठन भएको १०० दिनको अवधिमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले नीतिगत सुधार, प्रविधिमैत्री सेवा र किसान लक्षित कार्यक्रममा उल्लेख्य सफलता हासिल गरेको छ । मन्त्री गीता चौधरीको कार्यभार सम्हालेपछिको यो अवधिमा किसानलाई रासायनिक मलको सहज उपलब्धतादेखि जलवायु उत्थानशील कृषि परियोजनासम्मका काम अगाडि बढाइएका छन् । मल र बिमामा प्रविधिमैत्री सुधार मन्त्रालयले किसानलाई रासायनिक मल वितरण प्रक्रिया थप पारदर्शी बनाउन ‘मल व्यवस्थापन सूचना प्रणाली (एफएमएस)’ को स्तरोन्नति गरेको छ । जसअनुसार अब किसानले कुन सहकारीबाट कति मल वितरण भयो भन्ने विवरण अनलाइनमार्फत हेर्न सक्नेछन् । साथै, साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमार्फत करिब ८३ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरिएको छ भने थप दुई लाख १० हजार मेट्रिक टन आयातको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कृषि बिमालाई सरल बनाउन ‘कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन अनलाइन प्रणाली (एएलआईएस) मार्फत सङ्घीय निकाय र प्रदेश तहसम्म पहुँच पुर्‍याइएको छ । अब बिमा प्रिमियममा दिइने अनुदान रकम प्रत्यक्ष रूपमा बिमा कम्पनीलाई प्रदेशबाटै भुक्तानी हुने व्यवस्था गरिएको छ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय पहिचान नेपाली कृषि उपजको संरक्षणका लागि भौगोलिक सङ्केत (जीआई) मार्फत राष्ट्रिय फल सुन्तला र ठुलो अलैँचीलाई सूचीकृत गर्ने महत्त्वपूर्ण निर्णय यसै अवधिमा भएको छ । यसले नेपाली कृषि उत्पादनलाई विश्व बजारमा विशिष्ट पहिचान दिलाउन मद्दत पुग्ने विश्वास गरिएको छ । बजार र पूर्वाधार विकास किसानको पहुँच बजारसम्म पुर्‍याउन थोक बजारमा १० प्रतिशत स्टल किसान समूह र सहकारीका लागि सुरक्षित गरिएको छ । ‘सान सेड’ मार्फत स्थानीय उत्पादनलाई सिधै बिक्री गर्ने व्यवस्था मिलाइएको छ । यसका साथै उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि करिब १३ अर्ब ७६ करोड रुपैयाँ निकासाको सहजीकरण गरिएको छ । अन्तर्राष्ट्रिय अनुदान र सहकार्य यो १०० दिनको अवधिमा जलवायु उत्थानशील कृषि र जैविक विविधता संरक्षणका लागि ठुला वैदेशिक अनुदान स्वीकृत भएका छन् ।