SHARE
Samata Press · शनिबार २० असार २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई संसद आउन आङ्देम्बको निम्तो

काठमाडौं । प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा आउन आग्रह गरेका छन् । संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसद आउन आग्रह गरेका हुन् । तर, आउनुअघि सभामुखलाई जानकारी दिन सुझाएका छन् । ‘तपाईं संसदमा आउनुपर्छ, संसदको अवमूल्यन गर्न हुँदैन तर आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्,’ आङ्देम्बेले शुक्रबारको संवैधानिक परिषद् बैठकमा आग्रह गरेको खुलेको छ ।  जवाफमा प्रधानमन्त्री बालेनको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘जानकारी नगराई पनि जान मिल्दो रहेछ ।’ लगत्तै आङ्देम्बेले भने, ‘त्यसरी मिल्ने त सांसदलाई पो त । तपाईं त प्रधानमन्त्री हो नि ।