सितगंगा-१० मा किसानलाई अनुदानमा हाते ट्याक्टर
अर्घाखाँची। सितगंगा नगरपालिका-१० का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ। परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो । वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ११ जनालाई हाते ट्याक्टर, १८ जना कृषकलाई २५ थान टनेल वितरण गरिएको वडाध्यक्ष केशब प्र बेल्बासेले जानकारी दिए। वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराएको उनले बताए। शुक्रबार वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष बेल्वासे, वडा सदस्य शिशिर पोखरेल, वडा सचिव ऋषिराम पोखरेल लगायतको उपस्थितिमा कृषकलाई सामाग्रीहरू वितरण गरिएको हो। यस वर्ष कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत ट्याक्टरलाई ३ लाख रुपैयाँ र टनेललाई १ लाख गरी ४ लाख बिनियोजन गरिएको थियो। दुवै सामाग्रीमा वडा कार्यालयले ५० प्रतिशत अनुदान दिएको हो।
