SHARE
Samata Press · शुक्रबार​ १९ असार २०८३ ०८:४४ PM · 1 मिनेट पढाइ

सरकारले जनअपेक्षाअनुसारै सुशासनको जग बसाल्न सफल भयो : सभापति लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन्। पार्टीका सांसदलाई लक्षित गरेर आयोजना गरिएको डिजिटल प्लेटफर्म (पल्स आरएसपी) र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढङ्गले सरकार अघि बढ्ने विश्वास व्यक्त गरे । ‘सरकारले १०० दिनमा नागरिकसँग सम्बन्धित र सुशासनका विषयमा बढी जोड लगाएर काम गरेको छ । विकास निर्माण र दूरगामी महत्त्वका विषयमा आज गरिएको कामको प्रभाव केहीसमय पछि देखिँदै आउँछ’, सभापति लामिछानेले भने । सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको जनाउँदै उनले भने, ‘सहजै सरकारी सेवा प्राप्त गर्न सक्ने अवस्थाको सुरुआत भएको छ । सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ ।