पर्यावरण मन्त्रालयको रिपोर्ट कार्ड : कार्बन व्यापारको रकम परिचालनदेखि इआइए स्वीकृतिमा सहजीकरणसम्म
काठमाडौं । वर्तमान सरकार गठन भएयता कार्बन व्यापारबाट प्राप्त रकम परिचालनदेखि प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिलाई प्रभावकारी बनाउन उल्लेखनीय प्रगति भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वर्तमान सरकार गठन भएयता विकास आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति तथा वन क्षेत्रको जग्गा प्रयोगसम्बन्धी प्रक्रियालाई थप प्रभावकारी बनाए कार्य प्रगति विवरणमा जनाएको छ ।
