५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरासहित ओप्पो ‘ए सिक्स एस प्रो’ नेपालमा, मूल्य कति ?
काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ। कम्पनीले फ्ल्यागशिप–प्रेरित डिजाइन, ५० मेगापिक्सेल अल्ट्रा–वाइड सेल्फी क्यामेरा, ७००० एमएएच ब्याट्री र ८० वाट सुपरभूक फ्ल्यास चार्जिङसहितको यो स्मार्टफोनको आधिकारिक मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकेको छ।
