SHARE
Samata Press · शुक्रबार​ १९ असार २०८३ ०४:०४ PM · 1 मिनेट पढाइ

तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहण सुरु

दमौली (तनहुँ) । अमेरिकी डलर २२७ मिलियनको लागतमा तनहुँमा निर्माण हुन गइरहेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको जग्गा अधिग्रहणका लागि क्षतिपूर्ति निर्धारण गरिएको छ ।  प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले आयोजनाका लागि अधिग्रहण गरिने जग्गामा रहेका संरचनाको मुआब्जा निर्धारण गरेको हो ।  विद्युत्गृह, कार्यालय भवन, कर्मचारी आवास तथा अन्य संरचना निर्माणका लागि अधिग्रहण गरिने जग्गामा रहेका घर, गोठ, टहरा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरिएको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिइन् ।