SHARE
Samata Press · शुक्रबार​ १९ असार २०८३ ०३:५२ PM · 1 मिनेट पढाइ

बैतडीमा बस दुर्घटना

 बैतडी । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो । बस सडकबाट ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।