SHARE
Samata Press · शुक्रबार​ १९ असार २०८३ ०२:१४ PM · 1 मिनेट पढाइ

 संवैधानिक परिषद्को बैठक आज बेलुकी ५  बजे बस्दैछ

काठमाडौँ । संवैधानिक परिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बेलुकी ५ बजे बैठक बस्ने भएको हो । बैठकमा सवैधानिक निकायको रिक्त पदहरूमा नियुक्ति सिफारिस सम्बन्धी छलफल हुने प्रमुख विपक्षी नेता तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए । हाल निर्वाचन आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय मानवअधिकार आयोगमा सदस्यको एक पद र मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय समावेशी आयोग अध्यक्षसहित दुई पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक पद रिक्त छ ।  थारू आयोगमा अध्यक्षसहित दुई र मधेसी आयोगमा पनि अध्यक्षसहित दुई पद रिक्त छन् । राष्ट्रिय प्रकृति सोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद रिक्त छन् । महिला आयोगमा एक सदस्य पद खाली छ ।