आयोजना प्रमुख भन्छन्– मनसुनपछि मात्रै मेलम्चीको पानी काठमाण्डुमा आउँछ
काठमाण्डु– मेलम्ची खानेपानी आयोजनाको पानी मनसुन सकिएपछि मात्रै नियमित रूपमा काठमाडौं उपत्यकामा आपूर्ति हुने भएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले डाइभर्सनमा पनि पूर्ण रूपले क्षति पुगेको हुँदा सञ्चालन गर्न सम्भव नभएको बताए। उनका अनुसार मनसुनपछि मुहानको अवस्था सामान्य बनेपछि मात्रै नियमित रूपमा पानी आपूर्ति गर्न सकिनेछ।
