अकासिँदै सुनचाँदीको भाउ : दुई कारोबार दिनमै सुनको मोल १३ हजार ४०० रुपैयाँले वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको। बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० र चाँदी १६५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६१५ रुपैयाँ कायम भएको छ ।
