उत्कृष्ट शैक्षिक नतिजा प्रदान गर्ने सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयलाई पुरस्कार, संस्थागततर्फ सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, नतिजा प्रदान गर्ने शिक्षक र विद्यालयलाई छुट्टाछुट्टै नगदसहित पुरस्कार प्रदान गरेको छ । यस्तै संस्थागत विद्यालयहरुलाई सम्मान प्रदान गरेको छ । आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा शैक्षिक सत्र २०८२ मा प्राप्त नतिजाका आधारमा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनसहित अधिकारीहरुले सम्मान प्रदान गर्नुभएको हो । त्यस क्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापनमा लगानी बढाएको बताउनुभयो । ‘बालबालिकाहरुमा भएको अन्तरनिहीत क्षमता चिनाउने शिक्षकहरुको गुण अतुलनीय छ ।
