प्राइम कमर्सियल बैंकले ३ अर्बको डिबेञ्चर बिक्री अवधि थप्यो, असार ३० सम्म आवेदन खुला
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा आवेदन दिने अवधि असार ३० गतेसम्म थप गरेको छ। बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको उक्त डिबेञ्चरमा अब असार ३० सम्म आवेदन दिन सकिने जनाएको हो।
