अब मनपरी पेट्रोलपम्प बन्द गरे १० लाख जरिवाना र इन्धन आपूर्ति रोक्का
काठमाडौं । नेपाल आयल निगमले उचित कारणबिनै पेट्रोलपम्प बन्द गरी इन्धन अभावको अवस्था सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने तथा १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने कानुनी व्यवस्था गरेको छ। निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पेट्रोलपम्पले नोजल ‘ड्राई’ राखी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नपाउने व्यवस्था थप गरेको हो।
