SHARE
बासुरी खबर · सोमबार ५ जेठ २०८२ ०१:३७ AM · 1 मिनेट पढाइ

सगरमाथा संवादका निष्कर्ष अन्तर्राष्ट्रिय मञ्चमा समेत उठाइने

काठमाडौं । तीन दिनसम्म चलेको सगरमाथा संवादपछि सहभागीहरूले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा हिमाली देशहरूको विकासलाई लक्षित गरेर परिचालन गर्ने गरी विशेष कोष स्थापनाको गर्न आह्वान गरिएको छ । संवाद समापनपछि सामूहिक प्रतिबद्धतामार्फत हिमनदी र हिमक्षेत्रहरू घट्दै गए अन्ततः मानव सभ्यता नै संकटमा पर्नसक्ने समेत निष्कर्ष निकालेको छ ।