बाह्रबिसे ३ का अध्यक्ष भण्डारीद्वारा खोप केन्द्रमा आमाहरूलाई सरसफाई सामग्री वितरण
बाह्रबिसे । बाह्रबिसे नगरपालिका वडा नम्बर ३ स्थित बाह्रविसे स्वास्थ्य केन्द्रमा नियमित गर्भजाँच तथा खोप लगाउन आउने आमाहरूलाई सरसफाई सामग्रीहरू वितरण गरिएको छ । आज एक कार्यक्रमका बीच वडा अध्यक्ष जीवनकुमार भण्डारीले नियमित गर्भजाँचका लागि आउने दुईजना नयाँ जोडीलाई खादा लगाएर स्वागत गर्नुका साथै गर्भजाँचको महत्व र यसका फाइदाहरूको बारेमा जानकारी समेत गराए ।
