सुरक्षामा गम्भीर लापरबाही: सरुवा-अवकाश पाएका कर्मचारीका ४ हजार बढी विमानस्थल पास अझै सक्रिय
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका सरुवा, अवकाश, राजीनामा वा सेवा छाडिसकेका कर्मचारीका चार हजारभन्दा बढी प्रवेश पास प्रणालीमा सक्रिय रहेको पाइएपछि ती पास निष्क्रिय बनाउने प्रक्रिया सुरु गरिएको छ।
