पूर्वस्वास्थ्यमन्त्री बस्नेतले गरे स्वास्थ्य चौकी उद्घाटन
सिन्धुपाल्चोक । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । बस्नेतले सुनकोशी गाउँपालिकाको ठोकर्पामा नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् । सो चौकीको उद्घाटन रोक्न गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले विज्ञप्ति नै जारी गरेका थिए ।
