मन्त्रिपरिषद्का निर्णय : ८ एआईजी सरुवा, राष्ट्रिय विज्ञापन नीति स्वीकृत
काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले नेपाल प्रहरीमा कार्यरत ८ जना एआईजीहरूको सरुवा गर्ने निर्णय गरेको जानकारी दिए। सरुवा गरिएका अधिकारीहरूको नामावली भने पछि सार्वजनिक गरिने जनाइएको छ।
