अख्तियारको समानान्तर निकाय बनाउने गृहकार्यमा सरकार
काठमाण्डु– सरकारले भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि नयाँ निकाय गठनको गृहकार्य गरिरहेको खुलासा भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक–२०८३ माथिको छलफलमा संशोधनकर्ता सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले त्यस्तो तयारी गरिरहेको बताए ।
