वित्तीय आर्थिक अपराध नियन्त्रणका लागि अख्तियारजस्तै सशक्त निकाय बनाउने सरकारको तयारी छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत रहेको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको भन्ने धारणा गलत भएको बताए।
