मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघले गभर्नरलाई बुझायो पाँच सुझाव
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई पूँजीबजारमैत्री बनाउन शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरलाई पाँच बुँदे नीतिगत सुझाव पेस गरेको छ। संघले नेपालको पूँजीबजारलाई थप प्रतिस्पर्धी, गहिरो, तरल तथा लगानीमैत्री बनाउन संरचनात्मक सुधार आवश्यक रहेको उल्लेख गर्दै मौद्रिक नीतिमार्फत विभिन्न सहजीकरणात्मक व्यवस्था गर्न आग्रह गरेको हो।
