पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन हुने
काठमाडौँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । यो निर्णयसँगै अब ठूला भ्रष्टचारको छानबिन हुने भएको छ । यसैअन्तर्गत अब पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन हुने भएको छ ।
