संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको बाँकी रहेको काम समयमा सम्पन्न गराउनेमा प्रश्न उठ्न थालेको बताएका छन् ।मंगलवार संसद भवन निर्माणसँग सम्बन्धी छलफल गर्दै उनले संसद भवन बनाउन लामो समय वितिसकेको भन्दै ४० प्रतिशतको कामले अड्किएको बताएका हुन् । उनले भने, ‘संसद भवन निर्माणको विषयमा सबैको ध्यानकेन्द्रित छ ।
