ब्रिसबेनमा ‘नेपाली स्क्रिनः सिनेमा, कल्चर एण्ड कन्भर्सेसन २०२५’
अष्ट्रेलियाको ब्रिसबेनमा आगामी सेप्टेम्बर १९ देखि २१ सम्म ‘नेपाली स्क्रिनः सिनेमा, कल्चर एण्ड कन्भर्सेसन २०२५’ आयोजना हुने भएको छ । टी–इभेन्ट अष्ट्रेलियाले आयोजना गर्ने कार्यक्रममा ‘होस्टल’ र ‘जनै हराएको मान्छे’ चलचित्र प्रदर्शन गरिनेछ । अभिनेत्री बेनिशा हमाल, उदयमान कलाकार सनिशा भट्टराई, निर्देशक सुरज भुषाल, सञ्चारकर्मी सीताराम विलासीलगायतको सहभागिता रहने कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
