कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गोबाट ठूलो परिमाणमा सुन–चाँदीका गरगहना बरामद, दुई पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गोबाक्साबाट ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद भएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
