पर्यटक आगमनमा उत्साहजनक वृद्धि, जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटकले घुमे नेपाल
काठमाडौं । सन् २०२६ को जुन महिनामा नेपालमा विदेशी पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुन महिनामा हवाईमार्गबाट ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ को तुलनामा १९.५ प्रतिशत बढी हो।
