हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा हुलाकमार्फत घरघरमै पुग्न थाले पासपोर्टदेखि लाइसेन्ससम्म
काठमाडौं । सरकारले हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘गभर्मेन्ट कुरियर सर्भिस’का रूपमा विस्तार गरी ७५ जिल्लामा सरकारी सेवा नागरिकको घरदैलोमा पुर्याउने अभियानलाई तीव्र बनाएको छ। हुलाक सेवा सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १० मुख्य बुँदामा समेटिएको थियो ।
