डिजिटल ठगी रोक्न ग्लोबल आइएमई बैंकको नयाँ सुरक्षा सुविधा, एपबाटै सेकेन्डमै खाता ब्लक गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमा लगइन नै नगरी केही सेकेन्डमै बैंक खाता ब्लक गर्न सकिने नयाँ सुरक्षा सुविधा सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न बैंकले यो सुविधा ल्याएको जनाएको छ।
