SHARE
हाम्रो खेलकुद · मङगलबार ३ भौ २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

महाराजको ५ विकेटसँगै दक्षिण अफ्रिकाको जित

एजेन्सी – दक्षिण अफ्रिकाले केन्र्समा अष्ट्रेलियालाई पहिलो ओडिआईमा हराउँदा स्पिनर केशव महाराजले ओडिआईा पहिलो पटक ५ विकेट लिएका छन्। दक्षिण अफ्रिकाले उक्त मैदानमा अहिलेसम्मकै उच्च स्कोर २ सय ९६ रनको रक्षा गर्दै खेललाई सुरुबाटै नियन्त्रणमा लियो। आठौं ओभरदेखि १७औं ओभरसम्म २९ रनमै ६ विकेट लिँदा महाराजले प्रभावशाली प्रदर्शन गर्दै ३३ रनमा ५ विकेट लिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद